हिमालय एयरलाइन्सको नियमित उडान जेठ १८ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालय एयरलाइन्सको नियमित उडान जेठ १८ देखि



501522735_1464004325काठमाडौं। हिमालय एयरलाइन्सले यही जेठ १८ गतेदेखि नियमित उडान भर्र्नेे भएको छ । एयलाईन्सले पहिलो उडान कतारको दोहा गर्ने कम्पनीले जनाएको छ ।

हिमालयको एयरबस ३२०(२१४ विमान काठमाडौंबाट स्थानिय समय राती ११ बजे दोहातर्फ उड्ने छ । दोहाबाट विमान स्थानिय समय साढे २ बजे उडेर बिहान सवा १० बजे काठमाडौंमा अवतरण गर्नेछ । दोहा सुरुमा हप्ताको ३ दिन उडान भर्ने कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए । विस्तारै दैनिक उडान भर्ने योजना रहेको उनले सुनाए । नेपाली एयरलाइन्सका लागि कतार पोटेन्सियल मार्केट हो ।

दोहामा हुने नियमित उडानले दुई देशबीच पर्यटन प्रवर्द्धन र जनस्तरमा सम्बन्ध विस्तार गर्न सघाउ पुग्ने उपाध्यक्ष श्रेष्ठको विश्वास छ ।यसअघि हिमालयले भारतको दिल्लीबाट नियमित उडान सुरु गर्ने जनाएको थियो । तर, भारतमा उडान अनुमतिका लागि धेरै समय लाग्ने भएपछि दोहाबाट नियमित उडान सुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

हिमालय एयरलाइन्समा ४८.९९ प्रतिशत लगानी तिब्बत एअरलाइन्सको छ भने ५१.०१ प्रतिशत लगानी नेपालीको रहेको छ ।

प्रकाशित : १० जेष्ठ २०७३, सोमबार १४:५०