मोबाइलबाटै एनआईसी एसिया बैंकमा मुद्दती खाता खोल्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मोबाइलबाटै एनआईसी एसिया बैंकमा मुद्दती खाता खोल्न सकिने



काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले अब मोबाइल बैंकिङ्गमार्फत आफै मुद्दती खाता खोल्न सक्ने भएका छन् । डिजिटल बैंकिङ्गको प्रवद्र्धनका साथै आफ्ना ग्राहकलाई अनलाइन माध्यमबाट मुद्दती खाता खोल्ने सुविधा दिई सहज बैंकिङ्गको प्रत्याभूति गराउन बैंकले यस सेवा सुरु गरेको हो ।

बैंकका ग्राहकहरूले एनआईसी एशिया मोबाईल बैंकिङ एपमा रहेको फिक्स डिपोजिट आइकनमा ट्याप गरी जुनसुकै स्थान तथा समयमा मुद्दती खाता खोल्न सक्नेछन् । यस बैंकमा ग्राहकहरूले कम्तिमा तीन महिनादेखि अधिकतम १० वर्ष भन्दा बढी समयका लागि व्यक्तिगत मुद्दती निक्षेप गर्न सक्नेछन् ।

साथै, वार्षिक ब्याजदर सुविधा क्रमशः ७.२५ देखि ९.७५ प्रतिशतसम्म प्राप्त गर्न सक्नेछन् । मोबाइल बैंकिङ्गमार्फत मुद्दती खाता खोल्नु हुने ग्राहकहरूलाई प्रोत्साहनस्वरू बैंकले प्रकाशित सम्पूर्ण किसिमका मुद्दती निक्षेपको ब्याजदरमा ०.५ प्रतिशत थप गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : १७ मंसिर २०७७, बुधबार १३:३५