शेयर बजारमा दोहोरो अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शेयर बजारमा दोहोरो अंककाे गिरावट



काठमाडाै । शेयर बजारमा दोहोरो अंककाे गिरावट भएकाे हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार शेयर कारोबार मापक नेप्से परिसूचक ३९.६० अंकले घटेर १९५५.७५ मा पुगेकाे हो ।

नेप्से १.९८ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ८.४७ अंकले घटेर ३७१.७१ मा पुगेको छ ।

कूल २०१ वटा कम्पनीकाे एक कराेड ८ लाख २१ हजार ९ सय ७२ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ७४ करोड ५६ लाख ४९ हजार २ सय ९२ रुपैयाँको कारोबार भएकाे छ ।

नेप्सेका अनुसार बुधबार कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावरबाहेक बाँकी सबै उपसमूहकाे शेयर घटेकाे छ।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार १६:०६