लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष



काठमाडौ । लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष नियुक्त भएको छ ।

लिखु खोला हाइड्रोपावर कम्पनीको जारी पूँजी तीन अर्ब बाह्र करोड पचास लाख पुँजी मध्ये बीस प्रतिशतले हुन आउने सर्वसाधारण नागरिक, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई छुट्टाएको जम्मा ६२,५०,००० कित्ता शेयर प्रति कित्ता रु.१००÷– अंकित दरले शेयरको मूल्य रु. ६२,५०,००,००० ÷–(अक्षेरेपी बैसठ्ठी करोड पचास लाख मात्र) को शेयर प्रत्याभुति ब्यवस्थापनको कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको हो ।

शेयर प्रत्याभुती कार्य गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चको तर्फबाट अनिल अग्रवालले मितिः २०७७।०८।३० गते सम्झौता–पत्रमा हस्ताक्षर गरे ।

रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानाको रुपमा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उक्त आयोजनाको निर्माण कार्य ८५ प्रतिशत समाप्त भैसकेको कम्पनीले जानकारुी गराएको छ ।

प्रकाशित : १ पुष २०७७, बुधबार १२:५७