नेपालमा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

नेपालमा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडाै । नेपालमा थप ७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५० हजार ९१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ७५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा ८४७ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३९ हजार ४१६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७४३ पुगेको छ।

यस्तै हालसम्म ४५२ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित : १ पुष २०७७, बुधबार १६:३८