एनआईसी एशिया बैंकको शेयर लिलाममा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकको शेयर लिलाममा



काठमाडाै । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २ वटा कम्पनीको संस्थापक समूहको शेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुला गरेको छ । बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५ सय ६० कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक लाख १४ हजार ३ सय ६ कित्ता संस्थापक समूहको शेयरहरू लिलाम बढाबढ मार्फत विक्री खुला गरेको हो ।

लगानीकर्ताले आज पुष ५ गतेबाट पुष १० गते शुक्रबारसम्म बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।


लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् । निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ५ पुष २०७७, आईतवार १२:५६