एकैदिन १ अर्ब ६५ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एकैदिन १ अर्ब ६५ करोडको कारोबार



445617062_1464085164काठमाडौं । मंगलबार नेप्से परिसूचक २० दशमलव ४६ अंकले बढेर १ हजार ५ सय ४४ दशमलव ५३ को बिन्दुमा पुगी कारोबार बन्द भएको छ । त्यस्तै क वर्गका कम्पनीहरु मापन गर्ने सेन्सिेटिभ इन्डेक्स ४ दशमलव ६५ अंकले बढेर ३ सय ३४ दशमलव ४७ को बिन्दुमा पुगी कारोबार बन्द भएको हो ।

आज १ सय ३९ वटा कम्पनीको ६ हजार ३ सय ८४ वटा कारोबारबाट १ अर्ब ६५ करोड ५३ लाख ३ हजार ९ सय ८० रुपैयाँ बराबरको ४० लाख ६२ हजार ७ सय ९५ कित्ता शेयरहरु खरिद बिक्रि भएका छन् । हिजोको तुलनामा कारोबार रकम २१ करोड १ लाख १२ हजार रुपैयाँले बढेको छ ।

आज कारोबार भएका ८ वटा समुहहरुमा ५ वटा समुह बढेका छन् भने ३ वटा समुह घटेको छ । बढ्नेमा सबैभन्दा बढी विकास बैंक समुह ४२ दशमलव ५५ अंकले वृद्धि भएको छ त्यस्तै विमा समुह ४१ दशमलव ५ अंकले, बैंकिंग समुह २५ दशमलव ५२ अंकले, फाइनान्स समुह ८ दशमलव ८३ अंकले र जलविद्युत समुह शुन्य दशमलव २६ अंकले बढेको छ भने उत्पादक तथा प्रशोधन समुह ६५ दशमलव ८५ अंकले, होटल समुह ४ दशमलव ९८ अंकले र अन्य समुह ३ दशमलव ५३ अंकले घटेको छ ।

कारोबारको आधारमा अत्याधिक बढनेमा लाइफ इन्स्योरेन्सको रहेको छ जसको ८ करोड ७८ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै नेपाल बैङ्गलादेश बैंकको ८ करोड ४७ लाख १० हजार रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ३५ लाख ६४ हजार रुपैयाँ, सानिमा बैंकको ६ करोड ११ लाख २२ हजार रुपैयाँ र रिलायबल डेभलपमेन्ट बैंकको प्रमोटर शेयरको ५ करोड ९२ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
सरकारले घरको बीमा अनिवार्य गर्नुपर्ने प्रावधान ल्याउन लागेको हल्ला सार्वजानिक भएसँगै निर्जीवन बीमाप्रति लगानीकर्ताको आकर्षण ह्वात्तै बढ्दा समग्र कारोबार बढेको बताईन्छ ।
सबैभन्दा धेरै आज प्यासिफिक डेभलपमेन्ट बैंकको ९ दशमलव ६४ प्रतिशतले मूल्यमा वृद्धि भएको छ । संगसंगै ओमी माइक्रोफाइनान्स वित्तिय संस्थाको ९ दशमलव ९४ प्रतिशतले, नमस्ते वित्तिय संस्थाको ९ दशमलव ८८ प्रतिशतले, कणाली डेभलपमेन्ट बैंकको ९ दशमलव ७३ प्रतिशतले र एनएमबी माइक्रोफाइनान्सको ९ दशमलव २० प्रतिशतले मुल्यमा वृद्धि भएको छ ।

सबैभन्दा धेरै आज कन्काइ विकास बैंकको ४ दशमलव ६२ प्रतिशतले मूल्यमा गिरावट आएको छ । त्यस्तै एनएलजी इन्स्योरेन्सको ४ दशमलव ४८ प्रतिशतले र रिडि हाइडो डेभलपमेन्टको ४ दशमलव १३ प्रतिशतले मुल्यमा गिरावट आएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७३, मंगलवार १२:३७