ङादी ग्रुपको साधारण सेयर बाँडफाँट हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ङादी ग्रुपको साधारण सेयर बाँडफाँट हुँदै



IPOs1काठमाडौं ।  ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको पौने १० लाख कित्ता साधारण सेयर जेठ १२ अर्थात भोलि बुधबार बाँटफाँड  हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाटमा बिहान ८ बजेदेखि नै शेयर बाँडफाँड हुन लागेको हो ।

कम्पनीले गत चैत २१ देखि २४ गतेसम्म १०० रुपैयाँ अंकित मूल्यका ९ लाख ७३ हजार सात ७३७ कित्ता सेयर निष्कासन गरेको थियो जसमा माग गरिएको शेयर भन्दा ९० गुणा बढी अर्थात करिब ८ अर्ब १६ करोड रूपैयाँको सेयर आवेदन परेको थियो ।

ङादी ग्रुपको हाल चुक्तापूँजी ३४ करोड ८ लाख ७ हजार ५ सय रुपैयाँ रहेको छ । कम्पनीले लमजुङमा पाँच मेगावाट क्षमताको सिउरी खोला जलविद्युत आयोजना निर्माण गरिसकेको छ । यो आयोजनाबाट विद्युत उत्पादन सुरु भइसकेको जानकारी कम्पनीले दिएको छ ।

सेयरको बाँडफाँड हुने भएसँगै लगानीकर्तामा सेयर कति पर्ला भन्ने कोतुहलता शुरु भएको छ ।

प्रकाशित : ११ जेष्ठ २०७३, मंगलवार ११:४५