बुटवल पावरको साधारणसभा पुस २८ गते, यस्ता छन् एजेन्डा



काठमाडाै । बुटवल पावर कम्पनी लिमिटेडले पुस २८ गते मंगलबार २८ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनी सञ्चालक समितिको पुस ३ गते शुक्रबार बसेको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यम मार्फत सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको २५ प्रतिशत (चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद) लाभांश अनुमोदन गर्नेछ ।

यसैगरी साधारण सभामा अध्यक्षद्वारा प्रस्तुत आव २०७६।०७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान सहितको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरु र लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु उपर छलफल गरी पारित गर्ने योजना तय गरेको छ ।

साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि बुटबल पावरले पुस १७ गते शुक्रबारदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार पुस २६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार फुकुवा

काठमाडौं । आइतवारदेखि रोक्का रहेको सांग्रिला डेभलपमेण्ट बैंकको शेयर कारोबार मंगलवार फुकुवा भएको

‘ सहकारीमार्फत वन तथा वातावरण क्षेत्रमा युवालाई जोडौं ’

काठमाडौं ।वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले सहकारी उद्यमशिलतामा अवरोध पु¥याउने ऐनहरुलाई संशोधनका

दश कित्ते नीति परिवर्तन गर्ने तयारी

काठमाडाै । प्राथमिक शेयर (आइपीओ) वितरण गर्ने नीति परिवर्तन गर्ने तयारी भएको छ

कुमारी ईक्विटी फण्ड दोस्रो दिनमा ५३ प्रतिशत इकाई बिक्री

काठमाडौ । कुमारी क्यापिटलले बिक्रीमा ल्याएको कुमारी ईक्विटी फण्डको इकाई खरिदको लागि कुल