सेयरबाट करोडपति बन्न हाे ? पढ्नुस् रविन्द्र भट्टराईको यो पुस्तक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयरबाट करोडपति बन्न हाे ? पढ्नुस् रविन्द्र भट्टराईको यो पुस्तक



14641764221काठमाडौं । सेयर विश्लेषक रविन्द्र भट्टराईको नयाँ कृति सेयरबाट करोडपति सार्वजनिक गरिएको छ । मदन पुरस्कार प्राप्त कृति सेतो धरतीका लेखक अमर न्यौपाने, नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्ष गोकर्ण अवस्थी र लेखक भट्टराईले सयुक्त रुपमा पुस्तक विमोचन गरे ।
पुस्तकमा टिप्पणी गर्दै अमर न्यौपानेले भने, ‘एक जना प्रतिष्ठत व्यापारी मलाई भनेका थिए, तपाईंले साहित्य र सेयरलाई सँगसँगै लैजान सक्नुभयो भने तपाईंको जीवन सहज हुनेछ । त्यतिखेरदेखि नै म सेयरप्रति आकर्षित हुन थालेको थिए र सेयरबारे जान्न खोजिराखेको थिए । यसै मेसोमा सेयरबाट करोडपति पढ्न पाएँ । साहित्यका पुस्तक जसरी स्वाद लिएर पढ्छु त्यस्तै स्वाद लिएर यस पुस्तक पढें । पुस्तकमा लेखकले धेरै बिम्बहरु प्रयोग गर्नुभएको छ त्यसैले पुस्तक सेयर साहित्यका रुपमा लिए पनि हुन्छ ।’

उनले थपे, ‘पैसाको दास नबन, पैसालाई दास बनाऊ भन्ने पुस्तक निष्कर्ष हो।’ अर्का टिप्पणीकार गोकर्ण अवस्थीले भने, ‘यतिका सरल भाषामा आर्थिक विषयबारे लेख्न आर्थिक पत्रकारहरुले पनि सक्दैनन् । सेयर बजारको प्राविधिक कुरालाई पनि सहज तरिकाले लेखकले भनिदिनुभएको छ । र, सेयरमा लगानी गर्ने गजबका टिप्सहरु पनि लेखकले दिनुभएको छ ।’ तर, उनले सचेत गराउँदै भने, ‘जसले यो पुस्तक आधा मात्र पढ्छ, ऊ डुब्छ । किनकी सेयरका जोखिमामा कुराहरु पुस्तक पछिल्लो भागमा मात्र छन् ।’

Share

लेखक रविन्द्र भट्टराईले भने, “यो मेरो सपनाको किताब हो । सेयर भनेको प्राविधिक विषय हो , यसलाई बुझाउन गाह्रो हुन्छ । यसलाई सजिलोसँग बुझाउन सकिन्छ कि भनेर १२ वर्ष देखि गरेको मिहिनेतको नतिजा हो सेयरबाट करोडपति ।  उनले यो पुस्तक करोडपतिको कथा होइन, करोडपति बन्न सिकाउने गाइड हो भने।

पुस्तकमा १८ वटा अध्याय छन् । आफ्नो वरपरका उदाहरण र विम्व पुस्तकमा प्रयोग गरिएको छ । यो पुस्तक फाइनप्रिन्टले प्रकाशन गरेको हो । पुस्तकको मुल्य तीन सय रुपैयाँ तोकिएको छ ।

प्रकाशित : १२ जेष्ठ २०७३, बुधबार १४:२९