दिब्यश्वरी हाइड्रोपावरको ६ लाख ६० हजार कित्ता साधारण सेयर आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

दिब्यश्वरी हाइड्रोपावरको ६ लाख ६० हजार कित्ता साधारण सेयर आउदै



IPOs1काठमाडौं । दिब्यश्वरी हाइड्रोपावरको ६ लाख ६० हजार कित्ता साधारण सेयर आउने भएको छ । कम्पनीले उक्त सेयर निश्कासन तथा विक्री प्रवन्धकमा एस क्यापिटललाई नियुक्त गरेको छ ।कम्पनीले जारी गर्ने उक्त सेयरमध्ये २ लाख ६४ हजार आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र ३ लाख ९६ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

बुधबार भएको सेयर निश्कासन सम्झौतामा दिब्यश्वरीका अध्यक्ष दधिराम निरौला र एस क्यापिटलका प्रबन्ध संचालक निरज पराजुलीले हस्ताक्षर गरे ।कम्पनीले संखुवासभाको धुपु गाविसमा रहेको सभाखोलामा ४ मेगावाटको आयोजनामा लगानी गर्दैछ । आयोजनामा नेपाल बैंकको नेतृत्वमा एस डेभलपमेन्ट बैंक, काष्ठमण्डप विकास बैंक र एबीआइ बैंकले लगानी गर्दैछन् ।

प्रकाशित : २२ जेष्ठ २०७२, शुक्रबार ०४:३३