मैत्रीय सहकारीको साधारणसभा सम्पन्न



काठमाडाै । मैत्रीय बचत तथा ऋण सहकारी संस्थाको १३आंैँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । भक्तपुरको बालकोटमा सम्पन्न सभाको उद्घाटन गर्दै प्रमुख अतिथि भक्तपुर बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवालले सरकारीहरू सरकारको नीति–नियमअनुसार चल्न आवश्यक रहेको बताउँदै सहकारीले वास्तविक बचतकर्ताहरूलाई मद्दत गर्नुपर्ने बताए । पछिल्लो समयमा सहकारी संघसंस्थाहरूले मुलुकमा आर्थिक समृद्धिका लागि ठुलो टेवा पु¥याएको उनको भनाइ थियो ।


मैत्रीय सहकारीका अध्यक्ष एवम् सभाका सभापति बालमुकुन्द उपाध्यायले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिवी न्युनीकरण र समग्र आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको बताए। उनले मैत्रीय सहकारी संस्थाले कोभिडको महामारीमा पनि आफ्ना बचतकर्ताहरूका लागि समर्पित भएर काम गरेको उल्लेख गरे । संस्थाका सचिव सुमन सिलवालले सहकारी संस्थाको प्रतिवेदन पेश गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यहरूलाई उत्पादनशील र व्यवसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गरे ।


त्यस्तै, सहकारी संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कोषाध्यक्ष दिवाकर सिलवालले सहकारी अझै पनि आर्थिक रूपले अगाडि बढ्न सक्ने र सदस्यहरूको आर्थिक समृद्धिका लागि सहयोग गर्न सक्ने प्रशस्त स्थान रहेको बताउनुभयो । सभामा कोषाध्यक्ष सिलवालले आ.व. ०७६÷७७ को आर्थिक प्रतिवेदन र ०७७÷७८ को कार्ययोजना समेत प्रस्तुत गरेका थिए ।

सहकारीका उपाध्यक्ष कुवेर श्रेष्ठद्वारा स्वागत मन्तव्य दिइएको कार्यक्रमको सञ्चालन राजेन्द्र पराजुलीले गर्नुभएको थियो भने सभामा समाजसेवी तथा सहकारीका सल्लाहकार उद्धव सिलवाल, बालकोट सहकारी संस्थाका प्रतिनिधि जयराज पौडेल, नेपाल रेडक्रस सोसाइटी बालकोट उपशाखाका सभापति चन्द्र श्रेष्ठ लगायतले सभाको सफलताको लागि शुभकामना मन्तव्य दिएका थिए ।


मैत्रीय सहकारीले गत आर्थिक वर्षमा करिव २१ करोड बचत संकलन गरी १८ करोड ऋण लगानी गरेको र हालसम्म सहकारीमा २६ सय सदस्य रहेको सञ्चालक नवीन उप्रेतीले जानकारी दिए ।

 

 

प्रतिक्रिया दिनुहोस
कोभिडको मारमा झापाका सहकारी, धमाधम बन्द गर्न थाले सेवा

काठमाडाै । कोरोना भाइरसका कारण जोखिम बढेसंगै झापा जिल्लाका सहकारीहरुले आफ्नो कार्यालयबाट दिने

पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३३ सय ६५ जनामा कोरोना भाइरस संक्रमण

‘आइएमई पे ’ र साइकल सिटी नेटवर्क नेपाल वीच सम्झौता

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई प‘े र

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का

काठमाडौं । हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार असोजसम्म रोक्का रहने भएको

प्रकाशित मिति २०७८ असार १ देखि