यसरी भयो ङादी ग्रुपको सेयर बाँडफाँट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यसरी भयो ङादी ग्रुपको सेयर बाँडफाँट



IPOs1काठमाडौं  । ङादी ग्रुप पावर लिमिटेडको साधारण सेयर बुधबार बाँडफाँट भएको छ ।  पचास कित्तादेखि आठ सय कित्तासम्म आवेदन गर्नेहरुलाई गोलाप्रथाको आधारमा दस कित्ता दिइएको छ । आठ सयदेखि ९ सय कित्तासम्म आवेदन गर्ने सबैलाई दस कित्ता सेयर छुट्टाइएको छ । नौ सय कित्तादेखि माथि लगानी गर्नेलाई १.१६ प्रतिशत सेयर बाँडफाँट गरिएको छ ।

यसको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेड रहेको छ। ङादीमा करिब आठ अर्ब १६ करोड रूपैयाँको सेयर आवेदन परेको थियो । कम्पनीले गत चैत २१ देखि २४ गतेसम्म सेयर निष्कासन खुला गरेको हो ।

लगानीकर्ताले न्यूनतम ५० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिएका थिए । कम्पनीले लमजुङ जिल्लामा पर्ने सिउरी खोला आयोजनाबाट पाँच मेगावट बिजुली उत्पादन गर्ने तयारी गरेको छ ।

कम्पनीले ७० प्रतिशत सेयर संस्थापकसँग राखेको छ । १० प्रतिशतत आयोजना प्रभावित क्षेत्रका जनता र बाँकी २० प्रतिशत कर्मचारीसहित सर्वसाधारणमा जारी गरिएको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका नौ लाख ७३ हजार सात सय ३७ कित्ता सेयर निष्कासन खुला गरेको हो । यसमध्ये १९ हजार चार सय ७४ कित्ता कर्मचारीका लागि छुट्याइएको थियो ।

ङादीको अधिकृत पुँजी ६६ करोड ७० लाख र जारी पुँजी ४८ करोड ६८ लाख ६८ हजार रहेको छ । चुक्ता पुँजीमध्ये संस्थापकबाट ३४ करोड आठ लाख चुक्ता भइसकेको र बाँकी रकम सर्वसाधारण र स्थानीय बासिन्दाबाट चुक्ता हुँदैछ । स्थानीय बासिन्दालाई चार करोड ६८ लाख रुपैयाँ बराबरको सेयर वितरण भइसकेको छ ।

प्रकाशित : १२ जेष्ठ २०७३, बुधबार १४:५२