२६.३१ प्रतिशत लाभांश पारित गर्न साना किसान लघुवित्तले बोलायो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

२६.३१ प्रतिशत लाभांश पारित गर्न साना किसान लघुवित्तले बोलायो साधारणसभा



काठमाडाै । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा संस्थाकाे मंसिर २३ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई २५ प्रतिशत बोनस शेयर र १.३१५७८९४७४ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरि कुल २६.३१५७८९४७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

यसका साथै, सभामा संस्थाकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित हुने छ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष १६ गतेदेखि पाैष २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

संस्थाकाे पाैष ६ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे १९औं वार्षिक साधारण सभा पाैष २८ गते, मंगलबार, संस्थाकाे रजिष्टर्ड कार्यालय, सुबिधानगर, तिनकुने, काठमाडाैँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सञ्चालन हुने संस्थाले जनाएको छ ।

प्रकाशित : १३ पुष २०७७, सोमबार १२:१७