कृषि विकास बैँकले माग्यो ५ सय १९ कर्मचारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकास बैँकले माग्यो ५ सय १९ कर्मचारी



agriculture_development_bankकाठमाडौं । सरकारी स्वामित्वमा रहेको कृषि विकास बैँकले ५ सय १९ कर्मचारी माग गरेको छ । बैँकले आलोपालो गरि २४ घण्टा ड्युटीमा खट्ने ३ सय ९८ गार्ड र १ सय २१ गार्ड कमाण्डर माग गरेको हो । विभिन्न क्षेत्रका लागि आगामी श्रावण १ गतेदेखि ७५ असार मसान्तसम्मको दुई वर्षको अवधिका लागि सुरक्षाकर्मी खरिद गर्नुपर्ने भएकाले सिलबन्दी बोलपत्र आह्वान गरेको बैँकले जनाएको छ ।

नेपाली सेना, जनपद वा सशस्त्र प्रहरी सेवामा कुनै कसुर नलागी कम्तीमा ५ वर्ष सेवा गरेको वा नियमानुसार अवकाश पाएका, हातहतियार चलाउन जान्ने, २५ वर्ष पूरा भई ५८ वर्ष नपुगेका नेपाली नागरिकले आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Agriculture-bank

प्रकाशित : १२ जेष्ठ २०७३, बुधबार १६:४७