मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न



काठमाडाै । मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्थाको १० औं साधारण सभा सम्पन्न भएको छ । संस्थाले क्षेत्रगत रुपमा पुष ३ गतेदेखि सभाको शुरुवात गरी पुष १० गते औपचारिक रुपमा सभा समापन गरेको हो । संस्थाले साधारणसभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा कर्मचारीलाई सम्मान गरेको छ ।

संस्थाले सदस्यहरुलाई प्रतिवेदन वितरण, छलफल तथा सुझाव संकलन गर्दै सभा सम्पन्न गरेको जनाएको छ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीको प्रमुख आतिथ्यतामा सभा समापन भएको हो । सभामा सचिव महाशंकर रेग्मीले नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो ।

सदस्यहरुको आर्थिक, सामाजिक तथा साँस्कृतिक विकासका लागि संस्थाले निरन्तर काम गर्दै आएको उहाँले बताउनुभयो । यस वर्षदेखि संस्थामा कर्जा लगानी, बचत परिचालन, शेयर सदस्य निर्माण, संस्थागत मुनाफा जस्ता कार्य गर्दा गुणस्तरलाई प्राथमिकतामा राखी संस्थागत सुशासन कायम गरेर अघि बढ्ने उहाँको भनाई थियो ।

संस्थाले आ.व. ०७५/०७६ को अन्त्यसम्म ९ हजार ६ सय ६७ शेयर सदस्य, १३ करोड ४२ लाख शेयरपूँजी, ९७ करोड २७ लाख बचत संकलन र १ अर्ब ३८ करोड ६५ लाख कर्जा परिचालन गरेको छ ।

त्यसैगरी संस्थाको जगेडा तथा अन्य कोषमा ३ करोड ६९ लाख, कर्जा जोखिम कोषमा ५ करोड ३९ लाख र स्थिर सम्पत्ति १ करोड ११ लाख रहेको छ । संस्थाले सो अवधिमा १ करोड ४४ लाख ४४ हजार मुनाफा आर्जन गरेको छ भने १ अर्ब ५८ करोड ३८ लाख कुल कारोबार गर्न सफल भएको छ ।

प्रकाशित : १७ पुष २०७७, शुक्रबार १२:४३