ओरियण्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाइ पक्रिन निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओरियण्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतलाइ पक्रिन निर्देशन



sudhir_basnet-300x222काठमाडौं । व्यवस्थापिका सांसदको अर्थ समितिले ओरियण्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत, सञ्चालक तथा उच्च कर्मचारीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
बिहिबार बसेको अर्थसमितिको बैठकले ओरियण्टल सहकारी संस्थाको नाममा रहेको सबै सम्पत्ति बिक्री गरि निक्षेपकर्ताको रकम फिर्ता गर्न सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई पनि निर्देशन दिएको छ । साथै बैंक तथा वित्तीय संस्थामा रहेको धितो पनि बोलकबोल मार्फत बिक्री गरि उक्त सहकारी संस्थामा निक्षेप गर्ने बचतकर्ताको रकम दामासाहीको आधारमा असूल उपर हुने गरी काम  गर्न पनि तीनै निकायहरुलाई निर्देशन दिने समितिक सभापति प्रकाश ज्वलाले बताए ।

‘समस्याग्रस्त सहकारी संघ संस्थाको व्यवस्थापन पुनः आयोग गठन सम्बन्धी प्रक्रिया तत्काल अगाडि बढाउन समेत सरकारलाई निर्देशन दिने  निर्णय बैठकले गरेको छ,’ ज्वालाले भने ।  बैठकमा बोल्दै उपप्रधान तथा सहकारी मन्त्री चित्रबहादुर केसीले ऐन नहुँदा सम्पति व्यवस्थापन समिति गठन गर्न नसकिएको बताए ।
विशेष अदालतका पुर्व संयोजक गौरीबहादुर कार्किको अध्यक्षतामा गठन भएको समस्याग्रस्त सहकारी जाँचबुझ आयोगमा १२ हजार ९ सय ६२ वटा उजुरी दर्ता भएका थिए।  कुल १० अर्ब ८७ लाख ८४ हजार ५ सय ९१ रुपैयाँको दाबी परेको थियो। दाबी रकममध्ये करिब ६० प्रतिशत रकम ओरियन्टल सहकारीसँग अावद्व थिए ।

प्रकाशित : १३ जेष्ठ २०७३, बिहीबार १६:४९