नेपाल टेस्ला मोर्टर्सका विभिन्न मोडलका कारहरु भित्रिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

नेपाल टेस्ला मोर्टर्सका विभिन्न मोडलका कारहरु भित्रिए



काठमाडाै । अमेरिकी विद्युतीय कार उत्पादन कम्पनी टेस्ला मोर्टर्सले विभिन्न मोडलका कारहरुलाई नेपालमा भित्राएको छ । कम्पनिले कारहरुलाई भारत भन्दा पहिला नेपालमा भित्रिएको हो ।

टेस्लाद्वारा निर्मित सात प्रकारका विद्युतीय कारहरु नेपाली बजारमा आइसकेको छन्। त्यसमध्ये चार किसिमका मोडल एक्स लंग रेन्ज र तीनवटा स्ट्यान्डर्ड रेन्जको रहेको छ । सातमध्ये पाँथ किसिमका मोडलहरु नेपालमा बिक्रि भइसकेको एआरइटिइ इन्टरनेश्नलले जनाएको छ ।

मोडल एक्स लंग रेन्जका कारहरुको मुल्य साढे तीन करोड देखि सुरु छ भने मोडल थ्री स्ट्यान्डर्ड रन्जका कारहरुको मूल्य डेढ करोडबाट सुरु छ ।

यस्तै टेस्ला मोर्टर्सका कारहरु दक्षिण चीनबाट नेपाल भित्रीएको छ । नेपालमा रहेको अटोमोबाइल डिलर स्रिमा डिस्ट्रीब्युटर र एआरइटिइ एन्टरनेश्नलले उक्त कार नेपाल भित्राएका हुन् । नेपालमा भने यस कम्पनीको आधिकारिक डिलरसिप नरहेको जनाइएको छ ।

प्रकाशित : १९ पुष २०७७, आईतवार १८:००