शुभम पावर कम्पनीले आइपीओ ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

शुभम पावर कम्पनीले आइपीओ ल्याउने



काठमाडौँ । शुभम पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस १९ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे वार्षिक साधारण सभा माघ १६ गते, कमलादी-२८, काठमाडाैँमा हुने सुचनामा उल्लेख छ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेहि अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिने स‌ंस्थाले जनाएको छ ।

कम्पनीले ५ लाख ८० हजार ५ सय ८० कित्ता साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७५ साल भदाै २७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेकाे छ । कम्पनीकाे उक्त साधारण शेयर सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिबिआइएल क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रकाशित : २० पुष २०७७, सोमबार १३:४८