पैसाको जोहो गरि हाल्नुस् , माघ २ गते देखि ८ अर्ब रूपैयाँ बराबरकाे आइपिओ आउदै छ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

पैसाको जोहो गरि हाल्नुस् , माघ २ गते देखि ८ अर्ब रूपैयाँ बराबरकाे आइपिओ आउदै छ



काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गते शुक्रबारदेखि साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्न लागेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो ।

उक्त साधारण शेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आइपिओमा छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले ग्लोबल एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँ, नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, कृष्ण टावर, नयाँ बानेश्वर, काठमाडाैँ तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्राएनपी बीबीबी रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेकाे मानिनेछ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।

प्रकाशित : २१ पुष २०७७, मंगलवार १५:५५