सिटिजन लाईफ इन्स्योरेन्सले ल्याउन लागेको आइपिओमा कति छ जोखिम ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन लाईफ इन्स्योरेन्सले ल्याउन लागेको आइपिओमा कति छ जोखिम ?



काठमाडाै । आइपीओ निष्काशन गर्न लागेको सिटिजन लाईफ इन्स्योरेन्सको इस्युअर रेटिङ पाएको छ ।

इक्राले कम्पनीलाई ट्रिपल बिको इस्युअर रेटिङ प्रदान गरेको हो । उक्त रेटिङले कम्पनीमा लगानी गर्न मध्यम जोखिम जनाउछ ।

यस अघि माघ २ गते बाट आइपीओ निष्काशन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि ट्रिपल बिको रेटिङ पाएको थियो ।

सिटिजनले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्न लागेको हो । अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने छ ।

प्रकाशित : २३ पुष २०७७, बिहीबार १५:४३