कृषि विकासको रणनीतिमा सहकारीलाई सहभागी गराइन्छः कृषि मन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कृषि विकासको रणनीतिमा सहकारीलाई सहभागी गराइन्छः कृषि मन्त्री



धुलिखेल ÷ कृषि विकास मन्त्री हरिवोल गजुरेलले कृषिको व्यवसायीक विकासका लागि सहकारीको भूमिका महत्पूर्ण हुने वताएका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरको आयोजनामा शुक्रवारवाट धुलिखेलमा सुरु भएको तेश्रो ललितपुर साकोस समिटको उद्घाटन गर्दै मन्त्री गजुरेलले मन्त्रालयले व्यवसायीक कृषि विकास रणनीति बनाएको र त्यसलाई कार्यान्वयन गर्न सहकारीलाई पनि सहभागि गराउने बताए ।
मन्त्री गुरेलले नयाँ संविधान जारी भैसकेकाले अब मुलुकको आर्थिक विकासमा लाग्नुपर्ने वताउँदै त्यसका लागि सहकारीहरुले कृषि लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आवश्यक भएको औल्याए । ‘बैंकहरु नपुग्ने ग्रामिण क्षेत्रमा सहकारीले वित्तिय पहुँच विस्तारमा ठूलो योगदान पु¥याएका छन’, मन्त्री गजुरेलले भने, ‘अब कृषिको आधुनिकिकरण गर्दै समग्र मुलुकको आर्थिक विकासमा पनि सहकारीले भूमिका निर्वाह गर्नुपर्छ ।’ उनले सरकारले प्रादेशिक रुपमा स्थापना गर्ने कृषिको पकेट क्षेत्रका काममा पनि सहकारीको सहभागिता रहने वताए ।

प्रकाशित : १५ जेष्ठ २०७३, शनिबार ०३:५१