सुरक्षाको लागि आई जि टि डेनिस ग्याँस रेगुलेटर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुरक्षाको लागि आई जि टि डेनिस ग्याँस रेगुलेटर



काठमाडाै । प्रमोर्टस नेपालले ग्याँसबाट हुन सक्ने सम्भावीत दुर्घटनालाई मध्यनजर गर्दै आई जी टि डेनिस ग्याँस रेगुलेटर तथा ग्याँस सम्बन्धि सुरक्षा जनचेतना जगाउने हेतुले काठमाण्डौँका बिभिन्न स्थानहरुमा घरदैलौ कार्यक्रम आयोजना गरेको छ । बिगत ४ बर्ष देखि नेपालमा बिक्री बितरण भइरहेको डेनिस प्रबिधिबाट निर्मित युरोपियन स्टयान्डर्डको आईजी टि ग्याँस रेगुलेटर ग्यासँबाट हुन सक्ने जोखिमलाई न्युनिकरण कम गर्न र प्रयोगमा समेत सजिलो भएको प्रमोर्टस नेपालका सि ई ओ जीपि तिमल्सेनाले घरदैलो कार्यक्रममा जानकारी गराए ।

उक्त कार्यक्रम करिब १ महिना सम्म काठमाण्डौ,भक्तपुर र ललितपुरमा हुदैँछ । ५ बर्षको वारेण्टि रहेको रेगुलेटरमा आधुनिक लक प्रणाली , दुई तरिकाले ग्यासँ चुवाहट रोक्ने प्रबिधि तथा २ मिलियन युरो सम्मको प्रोडक्ट लाएबिलिटी इन्स्योरेन्स जस्ता बिशेषता रहेको आई जी टि डेनिस ग्याँस रेगुलेटर हाल संसारको १०६ देशहरुमा बिक्री बितरण हुदैँ आएको छ । नेपालमा यो ग्याँस रेगुलेटर लाई एम आर हाई टेक ट्रेडिङ्ग प्रा लिले  बिक्री बितरण गरीरहेको छ ।

प्रकाशित : १५ जेष्ठ २०७३, शनिबार ०४:०२