सोनापुर मिनरल्सले आइपिओ ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सोनापुर मिनरल्सले आइपिओ ल्याउने



काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले प्रिमियममा आइपिओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले आइपिओ निष्कासन गर्ने प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकाे छ ।

कम्पनीकाे पाैष २६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे तेर्हाैँ वार्षिक साधारण सभा माघ २२ गते, बिहीबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, बत्तीसपुतली, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रिमियममा निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित : २९ पुष २०७७, बुधबार १७:१२