नेपाल इन्फ्रास्ट्रकचर बैंकको सीईओमा खतिवडा नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्फ्रास्ट्रकचर बैंकको सीईओमा खतिवडा नियुक्त



काठमाडाै । नेपाल इन्फ्रास्ट्रकचर डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा रामकृष्ण खतिवडा नियुक्त भएका छन् ।

बैंकको आज बसेको संचालक समितिको बैठकले खतिवडालाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल माघ १ गतेबाट सुरु हुनेछ ।

खतिवडा यस अघि विद्युत नियमन आयोगको सदस्य थिए । उनी लगानी बोर्डको परामर्शदाता र एचआइडीसीएलको वित्त विभाग प्रमुख पनि रही सकेका छन् ।यस अघिका सीइओ अनिल ज्ञवाली आफ्नो २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि बैंकले सीइओ नियुक्तिको लागि आवेदन माग गरेको थियो ।

बैंकले यहि माग २ गतेदेखि ८ अर्बको आईपिओ निष्काशन गर्दै छ। 

प्रकाशित : २९ पुष २०७७, बुधबार १७:४७