४ मिनेट नाचेको ३ करोड ! « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

४ मिनेट नाचेको ३ करोड !



काठमाडौं। चलचित्र किक हिट भएपछि बलिउडकी चर्चित नायिका ज्याकलिन फर्नान्डेजको रेट बढेको छ । उनले कुनै पनि कार्यक्रममा उपस्थिती हुदा अर्थात नृत्य गरेवापत महंगो रकम लिने गरेकि छिन् । ज्याकलिनले लण्डनमा आयोजना भएको एक उच्च घरानिया बिहेका लागि ४ मिनेट नाचेको ३ करोड लिएकी थिइन् ।
उनै ज्याकलिनले शुक्रबार दुबइमा आयोजना भएको एक अवार्ड समारोहमा आफ्ना चर्चित गीतमा नृत्य गरिन् । ‘अरब इन्डो बलिउड अवार्ड’मा ज्याकिलनले करिब ३ मिनेटको प्रस्तुती दिइन् । उनले यो अवार्डमा नाचेको भने ७५ लाख लिएको खुल्न आएको छ । यो अवार्डमा उनका साथमा थुप्रै बलिउड कलाकारले रमाईलो गरे ।

ज्याकलिनलाई विभिन्न कार्यक्रमको अफर आइरहन्छ तर उनी राम्रो पारिश्रमिक दिने कार्यक्रममा मात्रै उपस्थिती गर्दै आएकी छिन् ।

प्रकाशित : २२ जेष्ठ २०७२, शुक्रबार ०१:४३