नेप्से हालसम्मकै उच्च विन्दुमा, ६ अर्ब ३७ करोड ४२ लाखको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

नेप्से हालसम्मकै उच्च विन्दुमा, ६ अर्ब ३७ करोड ४२ लाखको कारोबार



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आज (आइतबार) नेप्सेले हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको हो ।

आज नेप्से २८.४६ अंकले बढेर दुई हजार तीन सय १५ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो । आज ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार ७८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये हाइड्रोपावर समूह बाहेक अन्य समूह बढेका छन् ।

प्रकाशित : ४ माघ २०७७, आईतवार १५:१०