जिल्ला सहकारी संघ दोलखाको घरजग्गा कोष स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

जिल्ला सहकारी संघ दोलखाको घरजग्गा कोष स्थापना



दोलखा । जिल्ला सहकारी संघ दोलखाको घरजग्गा कोष स्थापना भएको छ । संघको १५औ वार्षिक साधारण सभाले संघको घर जग्गा कोष स्थापना गर्ने निणर्य गरेको हो ।

कोष स्थापनाकालागि संघले २०७७/०७८को चालु खर्चबाट एक लाख रुपैंया कोषमा राखेको अध्यक्ष हेमन्त चौलागाईले जानकारी दिए ।

कोषमा विभिन्न संघ तथा सस्था, ब्यति, सरकारी, गैर सरकारी संस्थाबाट रकम जम्मा गर्न सकिने संघले जनाएको छ । संघले कोष स्थापना तथा संचालनको लागि छुट्टै निति तथा कार्यबिधि बनाएको अध्यक्षा चौलागाईंले बताए ।

प्रकाशित : ४ माघ २०७७, आईतवार १७:१०