ज्योति विकास बैंकमा अध्यक्ष खडकाको बदमासी, राष्ट्र बैंकको मौनता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकमा अध्यक्ष खडकाको बदमासी, राष्ट्र बैंकको मौनता



काठमाडौं। ज्योति विकास बैंकका अध्यक्ष र एक सन्चालकको नाममा दर्ता भएको एक इन्जिनिएरिङ कन्सल्टेन्सीले सोही बैंकको धितो मुल्यांकनको काम गर्ने रहेछ । नियमविपरित सन्चालकहरुकै स्वामित्वमा रहेको सो कम्पनीले खोला बगिरहेको जग्गालाई अत्यधिक मुल्यांकन गराई कर्जा दिइयो र सो कर्जा डुब्यो ।

सो धितो बैंकले लिलामी गर्दा अर्कै जग्गा देखाइएका कारण एक व्यक्तिले लिलाम सकारे । तर नामसारी गर्न जादा थाहा भयो, नक्सामा रामो देखिएको जग्गा फिल्डमा खोला दौडिरहेको थियो । लिलाम सकारेका व्यक्ति आफु ठगिएको भन्दै अदालत पुगे ।

अदालतले किर्ते कागजात ला पेश गरि ऋण लिने व्यक्तिलाई मात्र नभई लगत तरिकाले धितो म’ल्यांकन गर्ने कम्पनी र बैंकका अधिकारीहरुलाई कारवाही गर्न आदेश दियो । धितो मुल्यांकन गर्ने कम्पनी डिएचएस इन्जिनिएरीग कन्सल्टेन्सी बैंकका अध्यक्ष हरिचन्द खडका र सन्चालक सन्तोष अधिकारीको स्वामित्वमा रहेको कम्पनी थियो । सो कम्पनीमा प्राविधिक काम भने नेपाल रेडक्रस सोसाइटीका इन्जिनियर दिपक भट्टले गर्थे । उनीहरुको मिलेमतोमा नै नक्कली कागजातको आधारमा कर्जा दिलाइएको थियो ।

कुनै पनि बैंक तथा वित्तिय सस्थामा अध्यक्ष वा सन्चालकको त कुरै छाडौं सामान्य सस्थापक सेयरधनी र कर्मचारीहरु सलग्न कम्पनीसग कुनै पनि किसिमको कारोवार गर्न बन्देज लगाइएको हुन्छ । तर यस बैंकमा त खुल्लमखुल्ला अध्यक्ष र सन्चालककै स्वामित्वको कम्पनीले धितो मुल्याकनको काम गरिरहेको थियो ।

जब यस काण्डमा काठमाडौं जिल्ला अदालतमा मुद्दा परयो । त्यसपछी बैंकका अध्यक्ष हरिचन्द खडकाले सो कन्सल्टेन्सीमा रहेको आफनो नामको सेयर आफना भान्जा विरेन्दजग पाण्डेको नाममा सारे । जबकी अध्यक्ष खडकाले आफुले सेयर कारावार तिनै भान्जाको नाममा गर्ने गर्छन । आफु अध्यक्ष भएका कारण ईन्साइडर टेडिगको काम आफनो नाममा गर्न नपाउने हुनाले उनले भान्जा पाण्डेकै नाममा कारोवार गर्छ न । उनले ज्योति विकास बैंकको सेयर पनि भान्जाका नाममा किनेका छन । उनले आफु कारवाहीबाट जोगिनका लागि भान्जाको नाममा विवादास्पद कम्पनीको सेयर नामसारी गरेको भए पनि संस्थापक तथा आधारभुत सेयरधनी रहेका पाण्डेको नाममा सारीएको कम्पनीले पनि धितो मुल्यांकनको काम गर्नु नियमविपरित नै हुन्थ्यो ।

त्यस्तै अर्का सन्चालक सन्तोष अधिकारीको नाम त सो कन्सल्टेन्सीको सन्चालकमा अझै थियो । यस बिषयमा नेपाल राष्ट बैंकका समेत उजुरी परयो । राष्ट बैंकले पत्र पठाएर बैंकलाई यसबारे पष्टिकरण सोधेपछी अध्यक्ष खडकाले हतार हतार कम्पनी खारेजीमा लगे । तर भान्जाको नाममा सेयर नामसारी गरिएको कम्पनीले कम्पनी रजिष्टारको कार्यालयमा बुझाएको डकुमेन्टमा विरेन्दजग पाण्डेको नाममा अध्यक्ष खडकाले नै हस्ताक्षर गरेको पष्ट देखिन्छ । उजुरी परेपछी आफु कारवाहीमा पर्ने डरले अब कम्पनी नै नरहेको देखाउन उनले कम्पनी खारेजीमा लगेका छन। यसबाट पनि उनले आफनो अपराध छोप्न गरेको कालो कर्तुत छर्लंग हुन्छ ।

अदालतको फैसलादेखि कम्पनी रजिष्टार कार्यालयको कागजात र बैंकको धितो म’ल्याकनकर्ताको काम गर्ने डिएचएस (जुन दिपक भट्ट, हरिचन्द खडका र सन्तोष अधिकारीको नाममा रहेको छ) कन्सल्टेन्सीको माइन्युट लगायतका कागज सेयर बजारसग सुरक्षित छ । यसबारेको विस्तृत समाचार आगामी अंकमा पस्तुत गर्नेछौं ।

यति मात्र हैन, चितवन टाडीका एक आदीवासी व्यक्तिले सन्चालन गरेको कृषि फार्मलाई ऋण पारित गराई रकम नै नदिएर ति व्यक्तिको सम्पूर्ण सम्पत्ति हडप्ने काममा अध्यक्ष खडकाले सफलता पाएका छन । करिब साढे २ करोड कर्जा दिइएको ति व्यक्तिको करिब ९ करोडको घरजग्गा र कृषि फार्म नै खडकासहितले आफनो बनाएका छन ।

सो सम्पत्ति ज्योति विकास बैंककै सस्थापक सेयरधनी रहेका र हाल बिभिन्न विजनेसमा खडकासग साझेदार रहेका शंकरदेव क्याम्पसमा प्राध्यापन पर्ने हरिकुमार श्रेष्ठको श्रीमती सिर्जना गुरुगको नाममा पास गरिएको छ । श्रेष्ठ तिनै व्यक्ति हुन, जसलाई गत महिना मात्रै रास्व अनुसन्धान विभागले राजस्व छलि, नक्कली बिलविजक बनाएको र विदेशी मुदा अपचलन काण्डमा १ अर्ब ७५ करोड विगो बराबरको मुद्दा दायर गरेको छ र उनी हाल फरार छन ।

अध्यक्ष खडकाले चितवनका मोतिराम दराईको नाममा धितो रहेको सम्पत्ति हडपेर आफैले कब्जा जमाएको र त्यसमा साझेदार बन्नका लागि अन्य व्यक्तिहरुलाई अफर गरेको अडियो रेकर्ड यस संवाददातासंग सुरक्षित छ । दराईलाई कर्जा दिदा कमिशन खाएको र सो कमिशनको रकम सोही बैंकको स्टाफको खातामा जम्मा गरेको समेत पाइएको छ । तर यसबारे बिस्तृत उजुरी पर्दा समेत राष्ट बैकले निरिक्षण समेत गरेको छैन ।

सिइओ हटाएर बाटो खुला
यति मात्र हैन, बैंकको अध्यक्ष भएर संस्थापकहरुले बिक्रीका लागि ल्याउने सानातिना सेयरको दलालि गरेर बस्ने खडकाले आफु अनुकुलको निर्णय गराउन अफठेरो पर्ने भएपछी सिईओ मनोज ज्ञवालीलाई २ बर्ष पदावधी बाकी रहदा नै हटाएका थिए ।
चार बर्षे नियुक्ती पाएका सिईओ ज्ञवालीलाई संस्थागत निक्षेपको सिमा झार्न नसकेको काइते अभियोग लगाएर २ बर्षमै निकालिएको थियो । जबकी राष्ट बैंकले नै त्यस्तो निक्षेपको सिमा तोकिएको पतिशतसम्म ल्याउने समय असार मसान्तसम्म दिएको थियो । कोभिड १९ का कारण बैंकिग क्षेत्र नै अस्तव्यस्त बनिरहेको बेला सिईओ हटाएर तेसो बरियताका व्यक्तिलाई निमित्त दिएर उनले आफुखुशी बैंक चलाउने र कुस्त कमाउने धन्दा चलाएका थिए ।

यसबाहेक बैंकका स्वतन्त्र सन्चालकको रुपमा रहेका नेपाल राष्ट बैंकका पूर्व निर्देशक जगदिश अधिकारीलाई पनि उनीहरुले पदावधी बाकी छदै हटाएका छन । नियम विपरित सिईओ हटाउने खेल र केही कर्जा काण्डहरुमा असहमति जनाएका सन्चालक अधिकारीलाई नै खडका समुहले राजिनामा दिन बाध्य पारेका थिए । उनले खडका समुहले बैंक डुबाउने काम गरिरहेको चुपचाप हेर्न नसक्ने भन्दै राजिनामा दिएका थिए ।

आफनो दाईले सन्चालक गर्ने सामान्य गार्मेन्टमा काम गर्ने खडका कुनै व्यापारीक वा उच्च खानदानका व्यक्ति हैनन । ठमेलमा एउटा सानो सटरमा सामान्य पसल राख्ने उनी ज्योति विकास बैंकको ठुलो प्रबद्र्धक समेत हैनन । मुश्किलले १ लाख कित्ता सेयर होल्ड गरेका खडकाले साढे ३ अर्बभन्दा बढी चुक्तापुजी रहेको बैंकलाई आफनो निजी कम्पनीसरह चलाइरहेका छन । उनको कुनै व्यापार व्यवशाय र आम्दानीको कुनै स्रोत समेत छैन त्यसैले उनले बैंकमा बसेर जतिसक्दो कमाउने धन्दा चलाइरहेका छन ।

ज्योति विकास बैंकको स्थापना नेपाल बिद्य’त प्र्राधिकरणका पुर्व कर्मचारीहरुले स्थापना गरेका थिए । तर अहिले बिद्युत प्राधिकरण आवद्ध ति सस्थापकहरुको भुमिका र स्थान केही देखिएको छैन । अहिले खडकासहितको समुहले आफनो लगानी खासै नभए पनि तिकडमको आधारमा बैंकमा बहुमत कब्जा गरेको र चरम लुट मचाइरहेका छन ।

बैंकको कन्सेप्ट ल्याउने र स्थापना गर्ने मुख्य व्यक्ति ध्रुब कुमार उप्रेतिलाई खडका सहितको समुहले पहिले प्राधिकरणमा कार्यरत रहदा अख्तियारको छानविनमा परेको भन्दै बैंकको अध्यक्षबाट हटन बाध्य पारेका थिए । जबकी बैंकसग कुनै पनि रुपमा सम्बद्ध नरहेको घटनामा अदतलमा मुद्दा चल्दैमा सन्चालक हुन अयोग्य भइदैन । साथै अन्तिम अदालतले फौजदारी अभियोगमा दोषि किटान नगरेसम्म उनलाई बैंकको सन्चालक बन्न अयोग्य बनाउन मिल्दैन । तर संस्थापक अध्यक्ष उप्रेतिलाई चक्रव्यूहमा पारेर बैंकबाट निकालिएको छ ।

राष्ट्र बैंकको मौनता
ज्योति विकास बैंक काण्डमा नेपाल राष्ट बैंकमा पनि थुपै उजुरी परेका छन । यस बिषयमा नेपाल राष्ट बैंकको विकास बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टलाई समेत उजुरी दिइएको पिडितहरुले जनाएका छन । तर राष्ट बैंकले अहिलेसम्म एकपटक स्थलगत सुपरिवेक्षण समेत गरेको छैन । ५ महिनाअघि राष्ट बैंकले सुशिल विजुक्छेसहितको टिमलाई स्थलगत निरिक्षणको लागि खटाएको जनाएको थियो ।

तर राष्ट बैंकका उपनिर्देशक बिजुक्छेले त्यसबेला कोरोनाको डर भएकाले आफु तत्काल जान नसक्ने जानकारी दिएको उजुरीकर्ता प्रथमकुमार बज्राचार्यले बताए । उनले महिनौ बितिसक्दा पनि राष्ट बैंकले खटाएको अधिकारी सुपरिवेक्षणमा खटाएका अधिकारी नजानुमा ठग गिरोहसगको सेटिङले काम गरेको आशंका समेत उनको छ ।

बैंकले लिलामीमा निकालेकोे जग्गा खरिद गरेका बज्राचार्यले आफुले किनेको जग्गा नै नक्कली परेपछी राष्ट बैंकमा उजुरी दिएका थिए । त्यसबेला ज्योतिको स्वतन्त्र सन्चालक रहेका जगदिश अधिकारीले आफनो जेठान ऋषिकेश भट्ट राष्ट बैकको कार्यकारी निर्देशक भएका कारण छानविन रोकाएको आशंका उनको छ । साथै अहिले ज्योतिमा सिईओ बनाएका ल्याइएका श्रीचन्द्र भट्टले राष्ट बैंकका कार्यकारी निर्देशक भट्टलाई दाजुभाई नाता लगाउने हुनाले कारवाहीको संभावना कम भएको समेत उनको गुनासो छ ।
सबै कार्यालयहरु सामान्य रुपमा चलिसक्दा समेत खटाइएको व्यक्ति बैंकको निरिक्षणमा जान नचाहनुमा बैंक लुटने गिरोहको सेटिङमा परेको अनुमान गरिएको छ ।

गतबर्ष नै बैंकले जलबिद्युत आयोजनाहरुमा थप लगानी नगर्ने भनेर निर्णय गरेको थियो । तर पछिल्लो समय गोल्डेन सेयर र कमिशनकै लागि कास्कीको सेतिखोला हाइडोपावरमा ६० करोड कर्जा लगानीको लागि फाइल अगाडी बढाइएको छ । यसबाहेक सस्थापककै लगानी रहेको लोअर ईर्खुवाखोला हाइडोपावरमा लगानी गर्नका लागि ठुलै रकमको डिल भैसकेको समेत बैंक स्रोतले जनाएको छ ।

(शेयर बजार साप्ताहिकबाट )

प्रकाशित : ५ माघ २०७७, सोमबार १३:४०