नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ भर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपिओ भर्ने आज अन्तिम दिन



काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले माघ २ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण शेयर (आइपिओ) मा आवेदन दिने आज (माघ ६ गते, मंगलबार) अन्तिम दिन रहेकाे छ ।

साेमबार साँझ ५ बजेसम्ममा ११ लाख ७७ हजार ९ सय २० जना आवेदकले १४ अर्ब १९ करोड ९६ लाख ९२ हजार रुपैयाँ बराबरको १४ करोड १९ लाख ९६ हजार ९ सय २० कित्ताको लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे ७ करोड ५८ लाख ४० हजार भन्दा १.८७ गुणा बढी आवेदन हाे ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रूपैयाँ बराबरकाे ८ करोड कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी ७ करोड ५८ लाख ४० हजार सर्वसाधारणको लागि छुट्याइएकाे छ ।

प्रकाशित : ६ माघ २०७७, मंगलवार ११:०४