इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्जिनियरहरुलाई मेगा बैंकको विशेष सुविधा



काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आबद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ। मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्राडा त्रिरत्न बज्राचार्यले यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

समझदारी अनुसार, इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्यहरुले मेगा प्रोफेसनल बचत खाता खोल्न सक्नेछन्। खाता खोल्दा १० लाख रुपैंयासम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ।

प्रकाशित : ८ माघ २०७७, बिहीबार १०:५७