तीन करोड बोनस शेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

तीन करोड बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) यस साता करिब तीन करोड बोनस शेयर सूचीकृत भएको छ ।

नेप्सेमा यस साता एनआइसी एशिया बैंक र बैंक अफ काठमाण्डूको २ करोड ९५ लाख बराबरको बोनस शेयर सूचीकृत भएको हो ।

नेप्सेका अनुसार यस साता एनआइसी एशिया बैंक लिमिटेडको एक करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता र बैंक अफ काठमाण्डू लिमिटेडको एक करोड ११ लाख १२ हजार ८ सय ९० कित्ता बोनस शेयर सूचिकृत भएको हो ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार १४:२२