लांगटांग-गोसाईकुण्ड हाफ म्याराथुनको तयारी पुरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लांगटांग-गोसाईकुण्ड हाफ म्याराथुनको तयारी पुरा



tanकाठमाडाै । प्रथम टान लांगटांग-गोसाईकुण्ड हाफ म्याराथुन २०१६ को सम्पूर्ण तयारी पुरा भएको छ | धुन्चेमा रहनुभएका टान कार्यसमिति सदस्य पासांग शेर्पा ‘संगम’ ले सबै खेलाडी र अफिसियलहरु गोसाईकुण्ड पुगिसकेको जानकारी दिनुभयो | धार्मिक र पर्यटकिय हिसाबले महत्वपूर्ण गोसाईकुण्डबाट शुरु हुने उक्त २१ किलोमिटर लामो हाफ म्याराथुन लौरीबिना, चोलांगपाटी, चन्दनबारी, दिम्सा, देउराली र घट्टेखोला हुँदै रसुवा सदरमुकाम धुन्चेमा समापन हुनेछ |

हाफ म्याराथुनको बन तथा भू संरक्षण मन्त्रि अग्नि प्रसाद सापकोटाले आइतबार बिहान गोसाईकुण्डमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ | भूकम्पले तहसनहस पारेको लांगटांग गोसाईकुण्ड क्षेत्रमा पहिले झैँ पर्यटकिय गतिबिधि सुचारु भैसकेको संदेश विश्व पर्यटन बजारमा प्रबाह गर्न टानले यो हाफ म्याराथुन आयोजना गर्नलागेको हो |

म्याराथुनमा २३ महिला सहित जम्मा १०६ धावकको सहभागिता रहनेछ | प्रतियोगितामा पुरुष र महिला गरि दुइ स्पर्धा हुनेछन् | दुवै स्पर्धाका प्रथम, द्वितिय र तृतीय स्थान हासिल गर्नेले क्रमश नगद रु ५०,०००, रु ३०,००० र रु २०,००० सहित मेडल र प्रमाणपत्र पाउनेछन् |

 

 

प्रकाशित : १५ जेष्ठ २०७३, शनिबार १७:०३