कुमारी बैंकको नाफा ५१.४९ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

कुमारी बैंकको नाफा ५१.४९ प्रतिशतले बढ्यो



काठमाडाै । कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ ।

उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा ५१.४९ प्रतिशतले धेरै हाे । 

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले २ अर्ब ४९ करोड ७७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा ३७.०१ प्रतिशतले धेरै हाे । 

त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले १ अर्ब ७४ करोड ५ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा ५३.४७ प्रतिशतले धेरै हाे । 

त्यस्तै, बैंककाे चुक्ता पूँजी १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ५० करोड रुपैयाँ, प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५३ पैसा र प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ८२ पैसा रहेकाे छ । 

प्रकाशित : १२ माघ २०७७, सोमबार १०:०२