कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमीट’ सेवा



काठमाडौँ । मेगा बैंकले कुवेतमा ‘मेगा रेमीट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनी लिमिटेडबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । यसका साथै, लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ ।

नेपालीले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने छ । ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो ।

मेगा बैंकले यसअघि नै कुवेतकै अल मुल्ला एक्सचेन्जबाट पनि रकम पठाउने ब्यवस्था मिलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
पूर्व उद्योग मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर

मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर

फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस

काठमाडौं । सरकारले फागुन २३ गते संसद् बैठक बोलाउन सिफारिस गरेको छ। शुक्रबार

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३५औं वार्षिकोत्सव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआईबीएल)ले आज आफ्नो स्थापनाको ३५औं वार्षिकोत्सव मनाएको

पशुपतिनाथ मन्दिर परिसरमा डिजिटल दानपेटिका

बैंक अफ काठमाण्डू लिमिटेडले पशुपतिनाथ मन्दिर परिसरमा आज शुक्रबारबाट डिजिटल दानपेटिका सञ्चालनमा ल्याएको