नबिल बैंकको नाफा ओरालो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको नाफा ओरालो लाग्यो



काठमाडाै । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पुसमसान्त सम्म २ अर्ब १ करोड ६० लाख रुपैंया बराबरको खुद नाफा कमाएको छ । बैंकले हालै सार्वजनिक गरेके चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।

बैंकको यो नाफा गत आवको सोही अवधिको भन्दा कम हो । बैंकले गत आवको सोही अवधीमा २ अर्ब ४ करोड १८ लाख रुपैया बराबरको खुद नाफा कमाएको थियो । गत आवको सोही अवधीको तुलना बैंकको नाफा २ करोड ५८ लाख अर्थात १.२६ प्रतिशतले कम हो । हाल बैंकको वितरण योग्य नाफा १ अर्ब ८४ करोड रुपैंया बराबर रहेको छ ।

बैंकको खुद ब्याज आम्दानी चालु आवको पुस मसान्त सम्म ३ अर्ब १२ करोड २६ लाख रुपैंया बराबर रहेको छ । गत आ.व.को सोही अवधीसम्म बैंकको खुद आम्दानी ३ अर्ब ४५ करोड १६ लाख रुपैंया बराबर रहेको छ । यो आम्दानी गत आवको तुलना ३२ करोड ९० हजार रुपैंया कम हो ।

चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ। नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४५ रुपैयाँ १६ पैसाबाट घटेर ४० रुपैयाँ ७१ पैसामा झरेको छ।

बैंकको निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढेर २ खर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी १ खर्ब ४८ अर्ब रुपैयाँबाट १ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।  

गत आर्थिक वर्षको दोस्रो त्रौसको तुलनामा बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा खरब कर्जा झनै घटाएको छ। वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा ०.७५ प्रतिशतबाट घटेर ०.६० प्रतिशतमा झरेको हो।
 

प्रकाशित : १५ माघ २०७७, बिहीबार १०:३६