वर्ल्डलिंकले आफ्नै लगानीमा देशभर डाटा सेन्टर स्थापना गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

वर्ल्डलिंकले आफ्नै लगानीमा देशभर डाटा सेन्टर स्थापना गर्ने



काठमाडाै । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आफ्नै लगानीमा देशभर डाटा सेन्टर स्थापना गर्ने घोषणा गरेको छ।

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले देशका १४ स्थानहरुमा डाटा सेन्सर बनाउने आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै वर्ल्डलिंकका सीईओ केशव नेपालले आगामी १० वर्षमा नेपालको इन्टरनेट कतातिर जानेछ भन्ने कुराको निर्धारण डाटा सेन्टरले गर्ने जनाए ।

१४ डाटासेन्टरमध्ये काठमाडौंको डाटा सेन्टर सबैभन्दा ठूलो र महत्वपूर्ण हुनेछ भने अन्तर्राष्ट्रिय मान्यता प्राप्त टियर ४ पावर प्रणालीमा डिजाइन भएको तथा टायर ३ प्रमाणीकरण सहितको हुनेछ । अन्य जिल्लाका बाँकी डाटा सेन्टरहरु मध्यम र सानो आकारको टायर २ प्रमाणिकरण भएको हुनेछ।

कम्पनीले प्रदेशको आधारमा डाटा सेन्टरहरु निर्माण गर्नेछ । कार्यक्रममा कम्पनीका सिटिओ समित जना थिङ्गले इन्टरनेटको कन्टेन्टमा परिवर्तन भईरहेको भन्दै त्यसको लागिपनि डाटा सेन्टर राख्नुपर्ने बताए ।

कम्पनीकाअनुसार यसको लागि ३ अर्बरुपैयाँ लगानी गर्ने भएको हो ।

प्रकाशित : १५ माघ २०७७, बिहीबार १२:३८