खानी खोलाको साधारण शेयरको सार्वजानिक निष्काशन तथा विक्री खुल्ला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

खानी खोलाको साधारण शेयरको सार्वजानिक निष्काशन तथा विक्री खुल्ला



काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले आज जेठ १६ गतेबाट सर्वसाधारणका लागि सेयर निस्कासन गरेको छ । ललितपुरमा निर्माण भएको कम्पनीले १०० रुपैयाँ अंकित दरका ९ लाख ३१ हजार ४२९ कित्ता सेयर निष्काशन गरेको हो ।

गत मंसिरमा आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई सेयर  निष्काशन गरेको कम्पनीले कुल निष्काशन गर्ने सेयरहरुमध्ये ४६ हजार ५७१ कित्ता सामूहिक लगानी कोष कम्पनीहरु र १८ हजार ६२९ कित्ता कर्मचारीका लागि छुट्याएको छ । बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

कम्पनीको सेयरमा न्युनतम १० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा १००० कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यसअघि निष्काशन गरिएका साधारण सेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिनु पथ्र्यो ।

शेयर आवेदन जेठ १६ गतेबाट छिटोमा जेठ १९ र ढिलोमा ३० गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ ।

हाल कम्पनीको चुक्तापूँजी ३७ करोड २५ लाख ७१ हजार ४ सय रहेकोमा सर्वसाधारणलाई आइीपओ जारी गरेपश्चात बैंकको चुक्तापूँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय पुग्नेछ ।

कहाँ-कहाँबाट भर्न सकिन्छ

सेयर निष्काशनका लागि विक्री प्रबन्धक  सिभिल क्यापिटललाई नियुक्त गरेको कम्पनीको आईपिओ सिभिल क्यापिटल मार्केटका साथै अन्य  स्थानबाट आवेदन दिन सक्छ ।

khanikhola hydropower

 

प्रकाशित : १६ जेष्ठ २०७३, आईतवार १२:३६