रोबोटजस्तै स्मार्टफोन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रोबोटजस्तै स्मार्टफोन



496737249_1464333466जापानको कम्पनी सार्प इलेक्ट्रोनिक्सले रोबोट जस्तै देखिने स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्पनीले ‘रोबोहन’ (Robohon) नामक फोन बजारमा ल्याएको हो । हाल यसको विक्री जापानमा मात्र गरिने अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएका छन् । यसको मूल्य करिब १ हजार ८ सय डलर पर्ने जनाइएको छ ।

यस फोनको उचाई ८ इन्च छ र पछाडि तर्फ २ इन्चको स्क्रिन लागाइएको छ । सजिलै कुराकानी गर्ने र हिडडुल गर्ने यस रोबोट फोनको अनुहार (फेस) मा एक क्यामरा र प्रोजेक्टर जडान गरिएको छ ।

यसले ४ जी एलटीई सपोर्ट गर्ने पनि जनाइएको छ । यस रोबोट स्मार्टफोनले प्रयोगकर्ताको आवार र अनुहार पहिचान गर्ने क्षमता राख्छ ।

साथै प्रयोगकर्ताको निर्देशन अनुसार फोटो पनि खिच्छ । यसका लागि फोन टच गर्नु नपर्ने जनाइएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७३, आईतवार १५:१०