५० प्रतिशत हकप्रद निष्कासन गर्न सानिमालाइ बाटाै खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

५० प्रतिशत हकप्रद निष्कासन गर्न सानिमालाइ बाटाै खुल्यो



sanima-bank(2)काठमाडाै । सानिमा बैंक लाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बैकले ५० प्रतिशत हकप्रद शेयर निष्काशनको लागि आइतबार अनुमति पाएको हो । यसै साताभित्र हकप्रद निष्कासनको सूचना सार्वजनिक गर्ने बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वाणिज्य बैकलाई चुक्ता पुँजी आठ अर्ब पु¥याउनुपर्ने व्यवस्था गरेपछि सानिमाले हकप्रद निष्कासनलाई प्राथमिकता दिएको हो । बैंकले २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले एक करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ ।

हाल बैंकको चुक्तापूँजी ३ अर्ब ६ करोड रुपैयाँ तथा जगेडा कोषमा एक अर्ब रुपैयाँ रहेको छ । गतबर्षको मुनाफाबाट बैंकले २० प्रतिशत बोनश शेयर दिएको थियो । ५० प्रतिशत हकप्रद निष्कासन गर्दा बैंकको चुक्तापूँजी ४ अर्ब ५९ करोड रुपैयाँ पुग्नेछ । सानिमाले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा ६७ करोड खुद नाफा कमाएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७३, आईतवार १५:१५