प्रभु बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकले ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने



प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन पेश गरेकाे छ ।


बैंकले ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न माघ २५ गते आइतबार बोर्डमा आवेदन दिएकाे हाे । बैंकले ८ दशमलव ५ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कुल ४० लाख कित्ता ऋणपत्र मध्ये १६ लाख कित्ता सर्वासाधारणको लागि निष्कासन गर्नेछ, भने २४ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ । ऋणपत्र बिक्री प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : २८ माघ २०७७, बुधबार १३:१३