लांगटांगगोसाईकुण्ड हाफ म्याराथनको उपाधि खत्री र स्यांगबोलाइ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लांगटांगगोसाईकुण्ड हाफ म्याराथनको उपाधि खत्री र स्यांगबोलाइ



Khatri approaches finishing lineकाठमाडाै ।
प्रथम टान लांगटांग(गोसाईकुन्ड हाफ म्याराथुन २०१६ को उपाधि पुरुष तर्फ नेपाली सेनाका भरत खत्री र महिला तर्फ फूलमाया स्यांगबोले जितेकाछन् ।
ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० द्वारा आयोजित उक्त हाफ म्याराथुन खत्रीले १ घण्टा १७ मिनेट ५५ सेकेण्ड मा पुरा गरे । तेस्तै १ घण्टा २३ मिनेटमा दौड पुरा गरेका होमलाल श्रेष्ठ दोस्रा भए भने गोबिन्द प्रसाद अधिकारि ९१ घण्टा २३ मिनेट ४६ सेकेन्ड० ले तेस्रो स्थान हासिले गरे ।
महिला स्पर्धामा प्रथम भएकी स्यांगबोले २ घण्टा ७ मिनेटमा दौड पुरा गरिन् ।  घण्टा १८ मिनेट ५३ सेकेन्डमा दौड पुरा गरेकी कमला तामांग दोस्रो भइन् भने  बिन्दा बिकले  २ घण्टा २२ मिनेट १७ सेकेन्डमा दौड पुरा गरी तृतीय स्थान हासिल गरिन् ।
२१ किलोमिटर लामो उक्त हाफ म्याराथुन पर्यटकिय तथा धार्मिक हिसाबले महत्वपूर्ण गोसाईकुण्ड परिसरबाट शुरु भै लौरीबिना, चोलांगपाटी, चन्दनबारी, दिम्सा, देउराली, घट्टेखोला हुँदै धुन्चेमा समापन भएको थियो ।
दुवै स्पर्धाका प्रथम, द्वितिय तथा तृतीय स्थान हासिल गर्ने खेलाडीहरुले क्रमश नगद रु ५०,०००, रु ३०,००० र रु २०,००० सहित पदक तथा प्रमाणपत्र हासिल गरे ।

Athletes at the starting point

प्रकाशित : १७ जेष्ठ २०७३, सोमबार ०२:२१