बुक विल्डिङ्ग विधिबाट निष्कासन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टलेको आइपिओले कति पायो रेटिङ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

बुक विल्डिङ्ग विधिबाट निष्कासन गर्ने तयारीमा रहेको सर्वोत्तम सिमेन्टलेको आइपिओले कति पायो रेटिङ ?



काठमाडौँ – सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण शेयर (आइपिओ) को रेटिङ सम्पन्न गरेको छ ।

कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी बीबीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा औषतमा राम्रो रहेको संकेत गर्दछ ।

कम्पनीकाे माघ ६ गते, मंगलबार सर्वाेत्तम सिमेन्टको सभा हल, न्याैपानेटावर, तिनकुने, काठमाडाैँमा सम्पन्न भएकाे दाेश्राे वार्षिक साधारण सभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बुक विल्डिङ्ग विधिबाट निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।

सर्वसाधारणले बुक विल्डिङ्ग विधिबाट आइपिओ खरिद गर्दा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्नेछ । त्यस्तै, न्यूनतम बाँडफाँड हुने कित्ता पनि ५० नै रहनेछ ।

प्रकाशित : ५ फाल्गुन २०७७, बुधबार १४:२१