म्यागी ब्राण्डका चाउचाउमा अनिश्चितकालका लागी प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

म्यागी ब्राण्डका चाउचाउमा अनिश्चितकालका लागी प्रतिबन्ध



काठमाडौं। नेपाल सरकारले नेष्टल इन्डिया प्रालि द्धारा उत्पादित म्यागी ब्राण्डका चाउचाउमा अनिश्चितकालका लागी प्रतिबन्ध लगाएको छ ।

उक्त चाउचाउमा स्वास्थ्यलाई हानिकारक हुने शिशा अत्यधिक मात्रामा पाइएको भन्दै अनिश्चितकालका लागी प्रतिबन्ध लगाएको छ । यस्तो समाचार विभिन्न सञ्चार माध्यमहरूबाट प्रसारण भएपछि खाद्य प्रविधि तथा गुणस्तर विभागले यस प्रति गम्भीर ध्यानाकर्षण जनाउँदै म्यागी चाउचाउ आयात तथा उपभोगमा प्रतिबन्ध लगाएको हो ।
हाल उक्त ब्राण्डका चाउचाउका नमूना सङ्कलन गरी अनुसन्धान कार्य भइरहेकोले विभागको निर्णयअनुसार अर्को सूचना प्रकाशित नहुञ्जेल म्यागी ब्राण्डका कुनै पनि चाउचाउ आयात तथा बिक्री वितरण गर्न गराउन बन्देज लगाइएको छ । मानव स्वास्थ्यमा नकरात्मक असर पुर्याउने भएकोले यसप्रति सचेत रहन सम्पुर्ण सर्वसाधारण तथा उपभोक्तलाई विभागले आग्रह गर्दै व्यवसायीलाई पनि यसको विक्रि वितरणमा समेत रोक लगाएको छ ।
यो ब्राण्डको चाउचाउ भारतमा समेत उत्पादन र विक्रि वितरणमा रोक लगाइसकेको छ भने सर्वसाधारण पनि विरोध स्वरुप सडकमा ओर्लिएका छन् ।

प्रकाशित : २२ जेष्ठ २०७२, शुक्रबार ०१:०८