चितवनमा अनलाईन सपिङ् ‘किनमेलसेवा डट कम’ को सुरुवात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चितवनमा अनलाईन सपिङ् ‘किनमेलसेवा डट कम’ को सुरुवात



kinmailचितवन । प्रविधीको विकास र इन्टरनेटको पहुँच संगै नेपालमा पनि “अनलाईन सपिङ्ग” दिनौदिन फस्टाउदै गएको छ। इन्टरनेटको पहुँचमा रहेर जुनकुनै स्थानबाट आफुलाई आवश्यक सामान घरमै मगाउन सकिने तथा आफ्नो आफन्त , इष्टमित्र एबम साथीभाई लाई विशेष अवसरमा गिफ्ट पठाउन सकिने भएकाले अनलाईन सपिङ्ग सबैको माझमा लोकप्रिय बन्दैछ। विशेषगरि बजार डुल्ने झन्झट धुवा, धुलो तथा बजार जाने आउने समयमा बचतहुने कारणले पनि हिजोआज युवापुस्ता यसैमा रमाउदै छन्। यसै सन्दर्भमा भरतपुर – १०, चितवनमा रहेको नेपाल मल्टीट्रेड कम्पनी प्रा. लि. ले आफ्नो स्वामित्त्वमा अनलाईन सपिङ्ग “किनमेलसेवा” डटकम “www.kinmelsewa.com” सन्चालनमा ल्याएको छ।

विभिन्न बस्तुहरुको आयात निर्यात कर्ता, डिलर व्यसाय तथा विभिन्न सेवा र सुबिधाको लागि मध्यस्तकर्ताको भूमिका निर्वाह गर्न पाउनेगरि इजाजत प्राप्त यस कम्पनीले अनलाईन मार्फत अर्डर भएका सामानहरुलाई घरैसम्म पुर्याउने ब्यबस्थापनि रहेको कम्पनीका प्रबन्धक नबिन दाहालले बताए। हाल चितवन र यस आसपासमा होमडेलिभरी तर देशका अधिकाम्स जिल्लास्थित प्रमुख बजारमा ग्राहकलाई पाएक पर्नेगरि समान उपलब्ध गराउने तयारीमा रहेको दाहालले बताए। राजधानी केन्द्रित केहि सपिङ्ग साइटहरु संचालनमा रहेपनि राजधानी बाहिरका ग्राहकले योखालको सुबिधा खुलेर प्रयोग गर्न नपाएको बिषयलाई मनन् गर्दै चितवनमा पनि सूचना प्रविधिको भरपुर सम्भावना रहेको र सबै मिलेर यसलाई उचाइमा पुर्याउनुपर्छ भन्ने हेतुकासाथ चितवनबाट अनलाईन सपिङ्ग www.kinmelsewa.com संचालन गर्न लागिएको कम्पनिका म्यानेजर तिर्सना सुबेदीले जानकारी दिईन।

ग्राहकलाई सजिलोको लागि किनमेलसेवाले विभिन्न ठाउहरुमा “किनमेलसेवा एजेण्ड” र “किनमेल डिसकाउन्ट कार्ड” को अबधारणा पनि छिट्टै ल्याउने तयारी गरेकोछ। www.kinmelsewa.com मार्फत सामान किन्नको लागि नेपालमा संचालित Ipay, e-Sewa, nPay(SCT), E-banking सेवा तथा Bank deposite सेवा समेत संचालनमा ल्याउदैछ। कम्पनिको थप योजना अनुरुप सामान अर्डरमात्र नभई विभिन्न माध्यममा बिज्ञापन प्रशारण, विभिन्न ठाउको टिकट काट्ने व्यवस्था, बिग्रेका सामानको घरमै गएर मर्मत व्यवस्था तथा छापाखाना लगायत यावतकार्यको मध्यस्तकर्ताको भूमिका समेत किनमेलसेवा मार्फत गर्न सकिनेछ।

हाल किनमेलसेवा बाट विभिन्न ब्राण्डका मोबाइल तथा एसेसरिज, घरायसि तथा कार्यालयका लागि आवश्यक बिधुतिय उपकरण एबम कस्मेटिक सामानहरु बिक्रि भैरहेको रहेको र छिट्टै थुप्रै अन्य सामानहरु पनि थपिने कम्पनीले जनाएको छ। शुरुवाती चरणमा किनमेलसेवा बाट बिशेसछुटमा सामानहरु बिक्रिभैरहेको पनि कम्पनीले जनाएको छ।

प्रकाशित : १७ जेष्ठ २०७३, सोमबार ०२:२६