आठ करोड बराबरको आइपिओ शुक्रबारबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आठ करोड बराबरको आइपिओ शुक्रबारबाट



काठमाडाै । रुरु जलविद्युत् परियोजना लिमिटेडले फागुन ७ अर्थात् भोलिबाट आइपीओ निष्कासन गर्ने भएको छ । पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र गुल्मी जिल्लाका बासिन्दाका लागि आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।

रुरुले आठ करोड १५ लाख ४१ हजार एक सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको पाएको थियो । पहिलो चरणमा स्थानीय आयोजना प्रभावितका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आयोजना प्रभावितका लागि १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ निष्कासन गर्नेछ । यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ४ लाख कित्तासम्म आवेदन दिन पाइनेछ ।

धितोपत्र बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । क्यापिटलका अनुसार स्थानीयले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन ्। त्यस्तै शाइन रेसुंगा डेभलपमेन्ट बैंकका गुल्मी जिल्लास्थित शाखाहरु तम्घास, खैरेनी, शान्तिपुर, मजुवा, वामिटक्सार र बलेटक्सार तथा गरिमा विकास बैंकका शाखाहरु तम्घास, शान्तिपुर, मजुवा, गैंडाकोट र कुमारी बैंकको रिडी शाखाबाट पनि आवेदन दिन सकिनेछ । आईपीओ फागुन २१ गतेसम्म छिटोमा र ढिलामा चैत ८ गते बैंकिङ समयपछि हुने एनएमबि क्यापिटलले जनाएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७७, बिहीबार ०८:००