स्कुलमा ३ पटक फेल भएका ज्याक एसियाकै धनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्कुलमा ३ पटक फेल भएका ज्याक एसियाकै धनी



jack-ma-richest-person-in-Asia-2एजेन्सी । चीनकोअलीबाबा संसारकै सबैभन्दा ठूलो कम्पनी मध्ये एक मानिन्छ । थुप्रै प्रकारका उत्पादनको ब्यवसाय गर्ने यो कम्पनीका संस्थापक हुन् चिनिया नागरिक ज्याक मा ।

ज्याक माको जीवनमा सफलताको कथा पढ्दा मानिसहरु चकित पर्छन् । किन भने कुनै बेला स्कुल लेभलमा पटक पटक फेल भएका ज्याकले अहिले स्थापित गरेको यो कम्पनीले उनलाई एसियाकै धनी ब्यक्ति बनाएको छ ।

अहिले ५१ वर्षका रहेका ज्याक मा प्राइमरी स्कुलमा २ पटक फेल भएका थिए भने ५ र ८ क्लासमा पनि फेल भएका थिए ।

ज्याकले पहिलो पटक विश्व विद्यालयमा अंग्रेजी पढाउने जागिर खाँदा उनको तलव केवल १०० चिनिया युआन थियो । ५ वर्ष सम्म विश्व विद्यालयमा पढाएपछि उनले जागिर छोडे ।

पढाइमा फेलः
स्कुलमा ज्याक ५ औं कक्षामा दुई पटक र ८ औं कक्षा सम्म पुग्दा तीन पटक फेल भएका थिए । उनलाई अमेरिकाको हावार्ड विश्व विद्यालयले भर्ना लिन अस्वीकार गरेको थियो । उनलाई कैयौं कम्पनीले जागिर दिन अस्वीकार गरे । तर अहिले उनको कम्पनीको कूल आम्दानी करिव ४० करोड सम्म छ ।

अंग्रेजी शिक्षक बन्न चाहन्थेः
ज्याकलाई अंग्रेजी खुवै मन पर्थ्यो । उनी शिक्षक बन्न चाहन्थे । तर कम्प्युटरमा भने उनलाई खासै ज्ञान थिएन । उनलाई मेल पठाउन र प्राप्त गर्ने तरिेका समेत थाहा थिएन ।

टुरिष्ट गाइड बनेर सिके अंग्रेजी
आफू १२ कक्षमा भएको समयमा ज्याकले अंग्रेजी सिक्नका लागि विदेशी टुरिष्टहरुलाई गाइड गर्ने गर्थे । त्यतिबेला उनको अंग्रेजी निक्कै कमजोर थियो । तर उनले विदेशीहरुबाट भाषा सिके र अंग्रेजी राम्रो पारे । उनले ८ वर्ष सम्म निरन्तर टुरिष्ट गाइडको काम गरेपछि अंग्रेजी भाषा बोल्न सक्ने भएका थिए ।

प्रकाशित : १८ जेष्ठ २०७३, मंगलवार ११:३३