प्रविधीमा अभ्यस्त बन्दै सहकारी, स्थापना दिवसमा सीतापाइला बहुउद्देश्यीयको क्यूआर कोर्ड सेवा शुभारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

प्रविधीमा अभ्यस्त बन्दै सहकारी, स्थापना दिवसमा सीतापाइला बहुउद्देश्यीयको क्यूआर कोर्ड सेवा शुभारम्भ



काठमाडाै । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाले २२ औं स्थापना दिवसको अवसरमा क्यूआर कोर्डको शुभारम्भ गरेको छ । सदस्यलाई प्रविधिमैत्रि बनाउनुका साथै नगद रहित कारोवारलाई प्राथमिकता दिन संस्थाले क्यूआर कोर्ड सेवा सुरु गरेको संस्थाका अध्यक्ष केदार मानन्धरले जानकारी दिए ।

उनले भने ‘सदस्यहरुले संचालन गरिरहेका तरकारी पसल, चियापसल, औषधि पसल, फलफूल पसल तथा सवै व्यापारिक स्थानमा क्यूआर कोर्ड मार्फत भुक्तानी गर्ने व्यवस्था गरेको छ ।’

संस्थाले केही बर्ष देखि डिजिटल प्रविधि मार्फत मिनि स्टेटमेण्ट लिन, मोबाईलमा टपअफ गर्न, विजुलि, टेलिफोन, इन्टरनेट सेवाको विल तिर्न, हवाई सेवाको टिकट बुकिङ्ग गर्नेलगायत सेवाकालागि संस्थाको मोवाईल एप्स संचालन गरिसकेको छ ।

उक्त क्यूआर कोर्ड मार्फत देशभरीका सबै सपिङ्ग सेन्टर, अस्पताल, रेष्टुरेण्ट तथा होटलहरुमा सीतापाईला सहकारीको मोबाइल एप्स मार्फत भुक्तानी गर्न सकिने अध्यक्ष मानन्धरले बताए ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार ११:४०