सानिमाको हकप्रद भर्न जेठ २४ सम्म सेयर किनिसक्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सानिमाको हकप्रद भर्न जेठ २४ सम्म सेयर किनिसक्नुपर्ने



sanima-bank(2)काठमाडौं । सानिमा बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएलगत्तै बुक क्लोजको मिति पनि घोषणा गरेको छ ।
बैंकले हकप्रद निष्कासन गर्न जेठ २५ गते सेयरधनी किताब बन्द गर्ने जानकारी दिएको छ । जेठ २४ गतेसम्म सेयर किन्नेले सानिमाको हकप्रद सेयर भर्न पाउनेछन् ।
जेठ २४ सम्म सेयर खरिद गरी त्यसको एक साताभित्र नामसारीका लागि बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडमा विवरण पेस गर्नसमेत बैंकले जानकारी गराएको छ ।
सानिमाको चुक्ता पुँजी हाल तीन अर्ब ६ करोड दुई लाख ८८ हजार रूपैयाँ रहेको छ । राष्ट्र बैंकको प्रावधान अनुसार चुक्ता पुँजी वृद्धि गरी आठ अर्ब पुर्याउनका लागि २ ः १ अनुपातमा हकप्रद निष्कासन गर्न लागिएको हो । सानिमालाई हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डले आइतबार अनुमति दिएको थियो ।
यसैगरी, सोमबार सिटिजन्स बैंकले पनि बुक क्लोजको सूचना सार्वजनिक गरिसकेको छ । सिटिजन्सले पनि १० ः ५.५ अनुपात (५५ प्रतिशत) मा हकप्रद सेयर निष्कासन गर्दैछ ।
बैंकले हकप्रद प्रयोजनका लागि जेठ २४ गते बुक क्लोज (सेयरधनी किताब बन्द) गर्ने भएको छ । जेठ २३ सम्म सेयर किन्ने लगानीकर्ताले सिटिजन्स्को हकप्रद किन्न पाउनेछन् ।

प्रकाशित : १८ जेष्ठ २०७३, मंगलवार १२:०५