दोहोरो अंकले घट्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

दोहोरो अंकले घट्यो नेप्से



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) दोहोरो अंकले घटेको छ । हिजो (आइतबार) नेप्से सामान्य अंकले बढेर दुई हजार ६ सय ४० दशमलब ३४ विन्दुमा पुगेको थियो ।

कुल २ सय ७ वटा कम्पनीको २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ वटा उपसमूहमध्ये २ वटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकि १० वटा उपसमूहहरुको सेयर घटेको छ । आज हाइड्रोपावर र अन्य समूहको मात्र सेयर बढेको हो ।

प्रकाशित : १० फाल्गुन २०७७, सोमबार १५:१७